काठमाण्डौंवाट २० करोडभन्दा बढी रकमसहित एकजना पक्राउ

काठमाडौं, ५ चैत्र । प्रहरीले काठमाण्डौंवाट २० करोडभन्दा बढी रकमसहित एकजनालाई पक्राउ गरेको छ ।

 

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले टोखा नगरपालिका-१ झोर क्षेत्रबाट उक्त रकमसहित गएराति एकजनालाई पक्राउ गरेको हो । कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक रमेश बस्नेतका अनुसार पक्राउ परेका व्यक्तिबाट उक्त परिमाणमा रकम बरामद गरिएको हो ।

पक्राउ परेका व्यक्तिको नाम भने खुलाइएको छैन ।

 

ना.१ ख १६५२ नम्बरको ट्रकबाट नेपाली रूपैयाँ, अमेरिकी डलर, युरोलगायत विभिन्न मुलुकका मुद्रा बरामद गरिएको बस्नेतले बताएका छन् ।

प्रहरीले दिउँसो पत्रकार सम्मेलन गरेर पक्राउ परेका व्यक्ति र घटना विवरण सार्वजनिक गर्दैछ । रासस –00–

Share:

सम्बन्धित समाचारहरु