६ महिनामा कायापलट हुँदैन, कर्मचारीतन्त्रलाई हस्तक्षेप गर्दिनँ : सञ्चारमन्त्री खरेल

काठमाडौं – नवनियुक्त सञ्चारमन्त्री जगदीश खरेलले ६ महिनाभित्र कुनै ठूला परिवर्तन (कायापलट) गर्न सम्भव नभएको बताएका छन्। पदभार ग्रहणपछि पत्रकारहरूसँग कुरा गर्दै उनले जसरी पनि फागुन २१ गते निर्वाचन सम्पन्न गर्नुपर्नेमा जोड दिए।

उनले भने, “६ महिनामा भ्रष्टाचार नियन्त्रण त हुँदैन तर बाटो बनाउन सकिन्छ। धुलो–माटो हटाएर जनताले प्रत्यक्ष अनुभूति गर्ने गरी काम गर्छु। देश र जनता भन्दा माथि अरु केही हुँदैन।”

सञ्चारमन्त्री खरेलले नेपालका कर्मचारीतन्त्रले दक्षतापूर्वक काम गर्नसक्ने क्षमता राखेको उल्लेख गर्दै राजनीतिक हस्तक्षेप हटाउनुपर्ने बताए। उनका अनुसार, “मन्त्री आएर ६ महिनामा कायापलट हुँदैन। काम गर्ने तपाईं कर्मचारी नै हो। यदि ब्युरोक्रेसी नेताको गोटी वा मन्त्रीको चम्चा बनेन भने स्वतन्त्र रूपमा धेरै प्रभावकारी काम गर्न सक्छ।”

उनले मन्त्रालयका सचिवसहित कुनै पनि तहमा हस्तक्षेप नगर्ने स्पष्ट पार्दै भने, “मन्त्रीको तर्फबाट एक इन्च पनि हस्तक्षेप हुँदैन। देश र जनतालाई केन्द्रमा राखेर काम गर्नुस्। मेरो सन्देश यही हो।”–00—

Share:

सम्बन्धित समाचारहरु