शिव शिखर सहकारी संस्था टाँडी शाखाका संचालकहरु विरुद्ध उजुरी दिने संघर्ष समितिको तयारी – भिडियो सहित

रत्ननगर, १६ जेठ । नागरिकको बचत रकम, शेयर र मुद्धती रकम गरी २४ करोड रुपैयाँ लिएर फरार भएका शिव शिखर बहुउद्देश्य सहकारी संस्था टाँडी शाखाका संचालक विरुद्ध उजुरी दिने संघर्ष समितिले तयारी गरेको छ ।

रकम फिर्ताका लागि दवाव दिने उद्देश्यले गठन भएको संघर्ष समितिले सहकारीकै कार्यालयमा मंगलवार पत्रकार सम्मेलन गरेर सहकारी संस्था टाँडी शाखाका संचालकहरु विरुद्ध उजुरी दिने तयारी भइरहेको जानकारी दिएको छ । २०७९ चैत्र २७ गते गठन भएको संघर्ष समिति स्थानीय तहदेखि चितवन प्रशासन कार्यालयहुँदै गृहमन्त्रालय, सहकारी विभाग सम्म डेलिकेशनका लागि पुगेको छ ।

देशैका धेरै ठाउँमा शाखा भएको र सबै ठाउँमा यस्तै खालका समस्या देखिएकाले काठमाण्डौं, ललितपुर र भक्तपुरको विषयलाई काठमाण्डौं सिविआइले जिम्मा लिएका छन् । बाँकी जिल्लाहरुमा स्थानीय जिल्ला प्रहरी कार्यालयसँग समन्वयगर्न सहकारी विभागले भनेको छ। सोही अनुसार संघर्ष समिति टाँडीले जिल्ला प्रहरी कार्यालय चितवनसँग समन्वय गरी शिव शिखर सहकारीमा बचतगर्नुभएका वचत कर्ता, शेयर सदस्य एवम मुद्धती राख्नेहरुको नामनै राखेर जाहेरी दिने तयारी गरेका छन् । २२ गते भित्र सबै शेयर सदस्य, एवम बचतकर्ताहरुले आआफ्नो प्रमाण खुल्ने कागजपत्र सहित सहकारीको कार्यायलमा उपस्थित हुन भनेको छ ।

 

संघर्ष समितिका अध्यक्ष सुरेशजंग पाण्डेका अनुसार पूर्वी चितवनको चारवटा नगरपालिकामा सेवा विस्तार गरेको यस सहकारीले ४ हजार ८ सय बचत खाता खोल्न सफल भएको थियो । २०६९ सालामा स्थापना भएको यो सहकारीले देशभर ३६ वटा शाखा स्थापना गरेर सेवा दिँदै आएको थियो । पूर्वी चितवनको टाँडी, कालिका, राप्ती र खैरहनीमा गरी चारवटा नगरपालिकावाट करोडौं रुपैयाँ लिएर फरार भएको छ ।

 

 

–00–

 

Share:

सम्बन्धित समाचारहरु