स्वास्थ्य सेवा क्षेत्रमा कार्यरत आठजना सम्मानित

चितवन । चौतरिया बघडिया पटिदारी चितवनले स्वास्थ्य क्षेत्रमा कार्यरत आफ्ना पटिदारीभित्र पर्ने आठजना युवाहरुलाई प्रोत्साहन स्वरुप सम्मान गरेका छन् । पटिदारीको २४औं वार्षिक सम्मेलनमा ती युवाहरुलाई सम्मान गरिएको हो । सम्मानित हुनेहरुमा माडी नगरपालिका वडा नं. ४ का मुकेश महतो, किरण थनेत, सुदिप चौधरी, रन्जित चौधरी, रेवती चौधरी तथा रत्ननगर नगरपालिका वडा नं. ८ का नितु चौधरी र सोहि नगरपालिका वडा नं। ६ का छन्नु चौधरी एवम् भरतपुर महानगरपालिका वडा नं। २५ का अमृता चौधरी रहेका छन् । उनीहरुलाई प्रमुख अतिथि डा। मनोजकुमार चौधरी, अतिथि भजुमनराम महतो र पटिदारीका अध्यक्ष मागर महतोले संयुक्त रुपमा दोसल्ला ओढाएर, नगद तथा सम्मान पत्रबाट सम्मान गरिएको हो ।

सम्मेलनले पटिदारीको संशोधित विधान, काजक्रिया कार्यविधि र बचत तथा ऋण कार्यविधि पारित गरेको छ । सम्मेलनमा कोषाध्यक्ष आदिराम महतोको प्रतिनिधित्व गर्दै सल्लाहकार नारायण प्रसाद महतोले आर्थिक हरहिसाब प्रतिवेदन प्रस्तुत गरेका थिए ।

सम्मेलनले छिमेकी जिल्ला नवलपरासी र मित्रराष्ट्र भारतको चम्पारण तथा उत्तर प्रदेशमा रहेका आफ्ना पटिदारीभित्र पर्ने १३ दिने दाजुभाई तथा पटिदारहरुको समेत खोजी गरी वंशावली निर्माण गर्ने निर्णय गरिएको छ ।
कार्यक्रममा प्रमुख अतिथि ओएसिस मेडिकल कलेजका प्रबन्ध निर्देशक डा।मनोजकुमार चौधरी, अतिथि थारु कल्याणकारिणी सभाका पूर्व वरिष्ठ उपाध्यक्ष भजुमनराम महतो, ज्येष्ठ पटिदार जगरनाथ महतो लगायतले शुमकामना मन्तव्य व्यक्त गरेका थिए । सम्मानित व्यक्तित्वमध्ये मुकेश महतोले धन्यवाद मन्तव्य र पटिदारीका सचिव यसराम महतोले स्वागत मन्तव्य व्यक्त गरेका थिए ।

सम्मेलन चौतरिया बघडिया पटिदारी चितवनका अध्यक्ष मागर महतोका अध्यक्षतामा भरतपुर महानगरपालिका वडा नं। २५ जबका चितवनमा सम्पन्न भएको थियो ।–00—

Share:

सम्बन्धित समाचारहरु