गृहमन्त्रीको सम्पत्ति विवरणः बैंकमा १ लाख १० हजार रुपैयाँ, अधिकांश सम्पत्ति श्रीमतीको नाममा

काठमाण्डौं, ८ जेठ । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले सम्पत्ति विवरण सार्वजनिक गरेका छन्। उनले आफ्नोसहित श्रीमति निकिता पौडेलको नाममा रहेको सम्पत्ति सार्वजनिक गरेका हुन्। उनले अधिकांश सम्पत्ति श्रीमतीको नाममा देखाएका छन्।

गृहमन्त्री लामिछानेको नाममा भक्तपुरमा १ रोपनी १ आना पैतृक सम्पत्ति रहेको छ।

लामिछानेले ग्लोबल आइएमईमा ५ हजार र नेपाल बैंक लिमिटेडमा १ लाख ५ हजार गरी कूल १ लाख १० हजार रुपैयाँ आफ्नो सम्पत्ति देखाएका छन्। यसैगरी लामिछानेको श्रीमती निकिता पौडेलको नाममा ८० तोला सुन,१५र२० केजी चाँदीका भाँडाकुँडा र गोपीकृष्ण प्रालीमा २५ प्रतिशत सेयर रहेको देखाएका छन्। सुन केही आमाबावुबाट पाएको र केही खरिद गरेको खुलाएका छन्।

 

बुढानिलकण्ठमा निकिताको नाममा ५ आना जग्गा रहेको छ। ३।७५ करोड बैंकको ऋण चुक्त गर्न बाँकी रहेको सम्पत्ति विवरणमा उल्लेख छ। निकिताको नाममा सिद्धार्थ बैंकमा ५ हजार, नेपाल बैंकमा ५ लाख,सनराइज बैंकमा १५ हजार, एनएमबीमा २८ हजार र प्रभु बैंकमा १० हजार ५ ११ रुपैयाँ बचत रहेको छ।

निकिताले घर कर्जाका लागि ४ वर्षअघि १ करोड ५० लाख ऋण लिएको देखाइएको छ। यसैगरी निकिताको नाममा ४२ लाख रुपैयाँमा खरिद गरेको टाटा नेक्सन इभी कार रहेको सार्वजनिक गरिएको सम्पत्ति विवरणमा उल्लेख छ।–00–

Share:

सम्बन्धित समाचारहरु