जनकपुरका जिम्मी निसम बने एनपीएलमा सबैभन्दा छिटो अर्धशतक बनाउने ब्याटर

काठमाण्डौ २९, मंसिर ।

नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सका जिम्मी निसम सबैभन्दा छिटो अर्धशतक अर्थात् ५० रन बनाउने ब्याटर बनेका छन् । जिम्मीले शनिबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा चितवन राइनोजविरुद्ध आक्रामक ब्याटिङ गर्दै १८ बलमै ५० रन प्रहार गरेका हुन् ।

उनले यसक्रममा चार चौका र पाँच छक्का प्रहार गरे । जिम्मीले पोखरा एभेन्जर्सका आन्द्रियस गौसको नाममा रहेको कीर्तिमान तोडेका हुन् । पोखराका गौसले यसअघि लुम्बिनी लायन्सविरुद्ध २० बलमा ५० रन पूरा गर्दै यो कीर्तिमान बनाएका थिए ।

योसँगै जिम्मी प्रतियोगितामा अर्धशतक बनाउने १९औँ ब्याटर बने । एनपीएलमा जिम्मीको यो पहिलो अर्धशतक समेत हो ।

Share:

सम्बन्धित समाचारहरु