चितवन, ५ कात्तिक । युवा गायक सञ्जय चौधरीको थारु भाषाको अर्को गीत ‘घरपाला–२’ सार्वजनिक भएको छ ।
गायक चौधरीको युट्युव मार्फत उक्त गीतमा चौधरीकै शब्द र संगीत रहेको छ । भिडियोमा सुरेश चौधरी, रोहित सिंह चौधरी, स्वेच्छा महतो र शोभा चौधरीको अभिनय रहेको छ । हिरा चौधरीले निर्देशन गरेको भिडियोलाई सुरेश चौधरीले सम्पादन गरेका छन् । यस अघि गायक सञ्जय चौधरीको घरपाला मोद बोलको गीतलाई यूटुबमा अत्याधिक दर्शक स्रोताले रुचाएको थियो ।