काठमाडौँ, जेठ ८
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद निशा डाँगीले भारतबाट दूध आयात गर्ने चलखेल भएको टिप्पणी गरेकी छन् । देशमै उत्पादन भएको ८५ प्रतिशत दूध बिक्री नभएको अवस्थामा उल्टै भारतबाट दूध आयात गर्नु ठिक नभएको डाँगीले बताइन् ।
‘सहरी क्षेत्रमा दूधको अभाव भयो भनेर एक लाख ५० हजार लिटर बढी दूध भारतबाट आयात गर्ने चलखेल भयो । भारतबाट दूध आयात गरी किसानलाई मार्ने खेल भइरहेको छ’ डाँगीले भनिन्, ‘देशमा उत्पादन भएको ८५ प्रतिशत दूधले बजार पाउन सकेको छैन । किसानलाई निरुत्साहित हुने यस्ता खेल बन्द हुनुपर्छ ।’


