चितवन, १३ असोज । दाहाखानी फुटबल क्लब इच्छा कामना (७ ले प्रथम राष्ट्रिय युवा संघ नेपाल खुल्ला नकआउट प्रतियोगिता -२०८१ को उपाधि जितेको छ । सगुन विकास समाज कालिका -७ को खेल मैदानमा भएको खेलमा गडुवा फुटबल कल्ब कालिका वडा नं -१ लाई पराजित गर्दै दाहाखानी फुटबल क्लब इच्छा कामना -७ च्याम्पियन भएको हो ।
सो खेलको मुख्य प्रयोजक मा सेन्टर कलेज रहेको थियो१ फुटबल प्रतियोगिताको फाइनल खेलमा दाहाखानीले गडुवा लाई २-१ ले स्थम्भ बनाएको हो१ दाहाखानी लाई च्याम्पियन वनाउन जर्सि नं – ३६ ले उत्कृष्ट २ गोल गरेका थिए ।
गडुवा फुटबल कल्बका जर्सि नं-१० ले १ गोल गरेका थिए ।
राष्ट्रिय युवा संघ नेपाल कालिका वार्ड नं -७ का अध्यक्ष रुपेस परियारको अध्यक्षतामा आयोजना गरिएको प्रतियोगितामा राष्ट्रिय युवा संघ नेपाल केन्द्रीय स्थाई कमिटी सदस्य चितवन जिल्ला इन्चार्ज शंकर अधिकारी प्रमुख अतिथि रहनुभएको थियो । प्रतियोगितामा संविधान सभा सभा सदस्य नेकपा एमाले केन्द्रीय सदस्य कृष्णभक्त पोखरेल र नेकपा एमाले चितवन जिल्ला अध्यक्ष कमल राज पाठक विशिष्ट अतिथि रहनु भएका थियो ।
राष्ट्रिय युवा संघ नेपाल चितवन जिल्ला अध्यक्ष झलकराज भट्टले खेलले रास्ट्र लाई चिनाउँछ, स्वास्थ्य हुनको लागि खेल अपरिहार्य रहेको बताउनुभयो । राष्ट्रिय युवा संघ नेपाल चितवन जिल्ला खेल र खेलाडीको हितमा रहेको र रास्ट्र लाई चिनाउने किसिमको रचनात्मक कृयाकलाप युवा संघगर्दै आएको समेत स्पष्टपार्नुभयो ।
सो फाइनल फुटबल प्रतियोगिता राष्ट्रिय युवा संघ नेपाल चितवन जिल्ला का सह-सचिव पुर्ण महतो .(निशान) ले सन्चालन गरेका थिए ।