नायक पल शाह अब चलचित्र निर्माता, ‘यानीमाया’बाट निर्माण यात्रा सुरु

काठमाडौं २, बैशाख ।  नायक पल शाह अब निर्माता बन्ने भएका छन्। नयाँ वर्षको अवसर पारेर उनले निर्माण गर्न लागेको पहिलो चलचित्र ‘यानीमाया’को घोषणा गरिएको हो।

चलचित्रमा अभिनेता पल शाह आफैँले लगानी गर्ने भएका छन्। ‘पल शाह फिल्मस’को ब्यानरमा निर्माण हुने यस चलचित्रलाई विकास सुवेदीले निर्देशन गर्नेछन्। सुवेदी यसअघि ‘प्रकाश’, ‘पुजार सार्की’ र ‘महाभोज’ जस्ता चर्चित चलचित्रका कथाकारका रूपमा परिचित छन्। ‘यानीमाया’को कथा तथा पटकथा पनि सुवेदीले नै तयार गरेका हुन्।

निर्माण टिमका अनुसार चलचित्रको छायांकन आगामी असार महिनाबाट सुरु हुने छ। हाल कलाकार छनोटको प्रक्रिया बाँकी रहेको जनाइएको छ।

Share:

सम्बन्धित समाचारहरु