बछौलीमा आयोजनाहुने रोपाइँ महोत्सवमा प्रधानमन्त्री सहभागिहुने

असार १५ गते चितवनको बछौलीमा रोपाइँ महोत्सवहुने

चितवन, १३ असार । २१ औं राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव यो वर्ष चितवनमा मनाउने नेपाल सरकारले तयारी गर्दैछ । असार १४ गते चितवनको बछौलीमा आयोजना गरिने २१ औं राष्ट्रिय धान दिवस तथा रोपाई महोत्सव २०८१ मा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आउने कार्यक्रम छ । धान दिवस तथा रोपाइँ महोत्सव २०८१ का लागि मूल समारोह समितिनै गठन भएको छ । समितिले काठमाण्डौंमा पत्रकार सम्मेलन गरेर यो वर्ष चितवनमा धान दिवस तथा रोपाई महोत्सव हुनेबारे जानकारी दिएको हो ।

 

समितिका संयोजक तथा कृषि विभागका महानिर्देशक नरहरीप्रसाद घिमिरेले धानको उत्पादन वृद्धि,आधुनिकिकरण र व्यवसायीककरणलाई प्रवद्र्धन गर्नेगरी २०६१ सालदेखि नियमित रुपमा प्रत्यक वर्ष असार १५ गते विगतको जस्तै गरी राष्ट्रिय धान दिवस तथा रोपाईं महोत्सव मनाउने तयारी भएको बताए।

 

उनले यो वर्ष जलवायुमैत्री कृषि,धान उत्पादनमा वृद्धि भन्ने नाराका सहित विभिन्न कार्यक्रम गरी धान दिवस मनाइने बताए। उनले जलवायु परवर्तनको कारण धान खेतीमा बढ्दो नकारात्मक असरलाई न्युनिकरण गर्न जलवायु अनुकूलित प्रविधिहरुको अनुसन्धान र विकास एंव उपलब्ध प्रविधिहरुको प्रचार गरी तीनको अवलम्वन गर्न कृषकलाई सचेत गराई धान उत्पादन र उत्पादकत्व बढाउनु पर्ने यस वर्षको सन्देश रहेको बताए।

असार १५ गते चितवनको बछौलीमा प्रधानमन्त्री पुष्पकमल दाहालको उपस्थितीमा २१ औं राष्ट्रिय धान दिवस तथा रोपाईं महोत्सव मनाउने योजना रहेको बताए। उनले २०८१ असार १२ गतेसम्म देशभर ८.७५ रोपाईं भएको बताए। कोशी प्रदेशमा ६.५,मधेस प्रदेशमा २.९,बागमती प्रदेशमा ५.०,गण्डकी प्रदेशमा ६.९,लुम्बिनी प्रदेशमा १०.९,कर्णाली प्रदेशमा २२.६ र सुदूरपश्चिम प्रदेशमा २२। प्रतिशत खेतमा धान रोपाईं भएको जानकारी दिए । अहिलेसम्म कुल धान रोपाईं हुने क्षेत्रफल १३ लाख ९८ हजार ८३६ मध्ये १ लाख ३६ हजार ४११ हेक्टर क्षेत्र फलमा रोपाई भएको पनि घिमिरेले बताए।—00–

 

Share:

सम्बन्धित समाचारहरु