कालिकाले ६ हजारबढी पशुमा खोरेत रोग विरुद्धको खोप लगाउँदै

कालिका । कालिका नगरपालिकामा पशुमा लाग्ने खोरेत रोग विरुद्धको खोप अभियान जारी छ । आजदेखि पदमपुर क्षेत्रमा खोप अभियान सुरु भएको कालिकाका पशु विकास अधिकृत ईश्वरी प्रसाद पौडेलले जानकारी दिनुभयो । पदमपुर क्षेत्रका ४ वटै वडामा प्राविधिकहरु खोप लगाउन परिचालन भएका छन उहाँले भन्नुभयो ।

पदपुरको वडा नं. २ बाट खोरत रोग विरुद्धको खोप अभियान सुरु गरिएको हो । वडा नं. ५ का वडा अध्यक्ष दीपकवहादुर भट्टराई र वडा नं. २ का वडा अध्यक्ष लक्ष्मण प्रसाद पौडेल सँगै स्थानीय दुग्ध उत्पादक सहकारी संस्थाका पद्धाधिकारीहरु सहभागि थिए ।
यो पटक नगर क्षेत्रभित्रका ६ हजार बढी पशुहरुलाई खोरत रोग विरुद्धको खोप लगाइने छ । पदमपुरमा मात्रै ५ जना प्राविधिकहरु खोप लगाउन परिचालन भएका छन् ।

चैत्र २३ गते देखि सुरु भएको खोप अभियान नगरका १ देखि ११ वटै वडाहरुमा सञ्चालन हुनेछन् ।

 

पशुलाई सम्भावित रोग संक्रमण लाग्नबाट जोगाइ किसानको पशुधनको रक्षा गर्ने उद्धेश्यले उक्त अभियान सुरु गरिएको कालिकाका पशु विकास अधिकृत ईश्वरी प्रसाद पौडेलले जानकारी दिनुभयो । खुर फाटेका गाई, भैंसी, बाख्रा, बंगुरको खोरेत रोगविरुद्धको (एफ एम डी) खोप निःशुलक रुपमा लगाईने छ । कालिकाका १ देखि ११ नम्बर वडाका ६ हजार भन्दा बढी पशुहरुलाई खोरेत रोगविरुद्धको (एफ एम डी) खोप दिईने पशु विकास अधिकृत पौडेलले बताउनुभयो।

Share:

सम्बन्धित समाचारहरु