फागुन २३ कपिलबस्तु । कपिलबस्तुमा भारतीय ट्रकको ठक्करबाट एक युवाको मृत्यु भएको छ। आइतबार साँझ कपिलवस्तुको ओदारीमा नम्बर नखुलेको भारतीय ट्रकले ठक्कर दिँदा स्थानीय अनिल मगरको मृत्यु भएको हो।
घटनाको विरोधमा आइतबार साँझ स्थानीय र मृतक युवकका आफन्तले कपिलवस्तुको बाणगंगा ११ ओदारीमा प्रदर्शन गरेका छन्। स्थानीयको भिड र प्रदर्शनलाई नियन्त्रणमा लिन अश्रुग्याँससमेत प्रहार गर्नुपरेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ।
अटो रिक्सा चालक मगरलाई तीव्र गतिमा रहेको ट्रकले ठक्कर दिएको पत्यक्षदर्शीले बताएका छन्। मगरको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। लु१ह १९२३ नम्बरको अटो रिक्सालाई ठक्कर दिएपछि करिब ५० मिटर परसम्म घिसार्दा मगरको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनापछि ट्रक र त्यसका चालकलाई प्रहरीले पक्राउ गरेर कारबाही प्रक्रिया अघि बढाएको छ।