कालिका, ७ जेठ । कालिका नगरपालिकाले खोलेसिमलदेखि जुटपानी सम्मको सड्कलाई फुटल्याण्ड सहित व्यवस्थ्ति सडक बनाउन सुरु गरेको छ ।
साँघुरो बाटोलाई फराकिलो बनाई व्यवस्थ्ति बनाउने योजना अनुसार नगरपालिकाले ढल निर्माणसँगै फुडल्याण्डको कामलाई अगाडी बढाएको छ । यात्रुहरुलाई पैदल यात्रामा सहज बनाउन मोजाक टायल प्रयोगगरी फुटल्याण्ड बनाउने काम भइरहेको छ । फुटल्याण्ड तयार भएपछि स्थानीयहरु मर्निङवाक, इभिनिङवाक गर्नलाई समेत सहज हुने छ । यसले सडक दुर्घटना न्यूनिकरणमा समेत टेवा पुग्ने विश्वास छ।
ढलटु ढल पिच बनाएर हरियाली गार्डेन सहित ठाउँ ठाउँमा लाइटको व्यवस्थापन गरी व्यस्थित सडक बनाउने योजना अनुसार काम भइरहेको कालिका नगरपालिकाका मेयर विनोद रेग्मीले जानकारी दिए ।
नाला सहित ११ मिटर कायम बाटोलाई दुवैसाईट डेढडेढ मिटर थपेर १४ मिटर प्रयोगमा आएको छ । यसमा सेटब्याक छाड्नेगरी २० मिटरको बाटो कायम हुनेछ । यसैलाई व्यवस्थित बनाउने कामजारी छ मेयर रेग्मीले भने–यो हाम्रो नगरको गौरवको योजना हो ।
मेयर रेग्मीले यो अहिलेको सडकको स्वरुप नै फेरिनेछ । नगरबासीहरुले गर्वगर्न लायक सडक बनाउने हाम्रो योजना छ उनले भने ।
यो सडकलाई नगरपालिकाकै आकर्षण र व्यवस्थित बनाउने योजनाका साथ काम भइरहेका छन् । भरतपुरवाट खगेरीखोला हुँदै क्लब चोक र हालको नगरपालिकाको कार्यालय जोड्ने बाटोको रुपमा यो बाटोलाई लिइन्छ । यस्तै यो बाटोले रत्ननगरदेखि दक्षिणमा शक्तिखोरहुँदै इच्छाकामना गाउँपालिकालाई जोड्नेगर्दछ ।
प्रदेश सरकार डेढ करोड र नगरपालिकाको आफ्नै डेढ करोड गरी तीन करोडको लगानीमा व्यवस्थित सडक बनाउने योजना अघि बढेको हो । यो योजनालाई आगामी आर्थिक वर्षमा पनि निरन्तरता दिने मेयर रेग्मीको भनाई छ । हाललाई खोलेसिमलदेखि जुटपानी सम्म विस्तारगर्ने योजना भएपनि निकटमै शक्तिखोर सम्म यो आयोजना विस्तारगर्ने योजना छ ।
फोटोः सेतो नेपाल ।








–00–


