बाढीपहिरोका घाइतेको निःशुल्क उपचार गर्ने सरकारको निर्णय

काठमाडौं, १२ असोज । लगातारको वर्षाका कारण बाढीपहिरो र डुबानमा परेर घाइते भएकाको सरकारले निःशुल्क उपचार गर्ने भएको छ ।

 

शनिबार बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकबाट यस्तो निर्णय गरिएको हो ।

बाढी, पहिरो र डुबानमा परेर घाइते भएकाको निःशुल्क उपचार गर्ने निर्णय गरिएको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिनुभयो ।–00—

Share:

सम्बन्धित समाचारहरु