माडीको रिउ खोलामा आएको बाढीले खतराको तह पार

चितवन, १२ असोज । माडीको रिउ खोलामा आएको बाढीले खतराको तह पार गरेको छ । पानीको वहाब बढ्दो क्रममा रहेको चितवन प्रशासनले जनाएको छ । नदीय तटिय क्षेत्रमा रहनुहुनेहरुले साँझ सम्मे उच्च सतर्कता अपनाउनुहुन प्रशासनले अनुरोध गरेको छ ।

चितवन लगायत देशका सबै जिल्लाहरुमा भारी वर्षा भइरहेकाले उच्च सावधानी अपनाउन सबैमा चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले अनुरोध गरेको छ ।

फाइल फोटो

Share:

सम्बन्धित समाचारहरु