माडीको गर्दी चोकमा बस र मोटरसाइकल ठोक्किँदा एकजना घाइते

चितवन,२३ साउन । माडी नगरपालिका–१ स्थित गदी चोकमा आज दिउँसो यात्रुवाहक बस र मोटरसाइकल एकआपसमा ठोक्किँदा एकजना घाइते भएका छन्।

भरतपुरतर्फ गइरहेको ना ५ ख १०६५ नम्बरको यात्रुवाहक बस र विपरीत दिशाबाट आउँदै गरेको २२० सिसीको पल्सर मोटरसाइकल (प्र.०३-०३ प ३६४८) एकआपसमा ठोक्किँदा मोटरसाइकल चालक वडा नं ७ का सन्दिप सुनार घाइते भएको प्रहरीले जनाएको छ। मोटरसाइकल एक जना पुरुषले चलाइरहेका थिए भने घाइतेको नाम ठेगाना खुल्न बाँकी रहेको प्रहरीले जानकारी दिएको छ।

घटनापछि घाइतेलाई तत्काल उद्धार गरी माडी बघौडा अस्पतालमा उपचारार्थ लगिएको छ। दुर्घटनामा संलग्न दुवै सवारीसाधन तथा गाडी चालक बुध्दि महतोलाई प्रहरी चौकी बरुवाले नियन्त्रणमा लिएको छ।

घटनाबारे जानकारी दिंदै प्रहरी सहायक निरीक्षक तथा बरुवा प्रहरी चौकीका इन्चार्ज अर्जुन घिमिरेले घटनाको थप अनुसन्धान भइरहेको बताएका छन्।–00–

Share:

सम्बन्धित समाचारहरु