चितवन,१६ साउन । चितवनको भरतपुर महानगपालिकामा कार र मोटरसाईकल ठोक्किँदा घाइते भइ उपचारत्त अर्का एकजना सिपाहीको पनि मृत्युभएको छ ।
हिजो साँझ ७ः२५ बजेको समयमा पोखरा बसपार्कबाट रामनगरतर्फ जाँदै गरेको बागमती प्रदेश ०१–०२८ च ३२८९ नम्बरको कारमा बिपरित दिशाबाट आइरहेको ग २० प ८३१८ नम्बरको मोटरसाइकलको लेगाडले लाग्दा मोटरसाइकल अनियन्त्रित भई सडक छेउमा रहेको पर्खालमा ठोक्किएको थियो ।
मोटरसाइकल पर्खालमा ठोक्किदा नम्बर २ विपद् ब्यवस्थापन गण रसौली ब्यारेकमा कार्यरत बन्दिपुर गाउँपालिका–३ बस्ने वर्ष २६ को दिनेश थापाको पनि मृत्युभएको हो । घाइते थापाको नयां मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा साढे १० बजेको समयमा मृत्यु भएको चितवन प्रहरीले जनाएको छ ।
यस अघि सोही घटनामा परेर तनहुं भानु नगरपालिका–१२ बस्ने अन्दाजी २७ वर्षीय सिपाही निगम नेपाली सार्कीको मृत्युभएको थियो । दुवै जनाको चितवन मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा मृत्यु हा्े ।
कार चालक धादिङ धुनिबेसी नगरपालिका–७ बस्ने वर्ष ४२ को राजु भण्डारी र कार जिल्ला प्रहरी कार्यालय चितवनको नियन्त्रणमा छ ।—-00—