‘राज्यले छानबिन गर्नुपर्छ, रानाले राजीनामा दिनुपर्छ’

अमेरिका पठाउन उपसभामुख सचिवालयले ९ लाख लिएको र भिसा नलागेपछि फिर्ता गरेको प्रमाण छ : मुकुल ढकाल

काठमाडौं , ८ साउन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का निलम्बित महामन्त्री मुकुल ढकालले उपसभामुख इन्दिरा रानामाथि राज्यले छानबिन गर्नुपर्ने बताएका छन्। ढकालले उपसभामुखको विषय पार्टी मात्रको विषय नभइ देशकै प्रतिष्ठासँग जोडिएको राज्यको उपल्लो तहको विषय भएकाले यसमा छानविन हुनुपर्ने बताएका हुन्।

उनले आर्थिक लेनदेन भएकाले छानबिन गर्नुपर्ने बताए। ढकालले भने,‘उपसभामुखको विषय पार्टी मात्रको विषय नभएकाले देशकै प्रतिष्ठासँग जोडिएको राज्यको उपल्लो तहको विषय भएकाले यसमा छानविन हुनपर्छ। मलाई प्राप्त सूचना र प्राप्त प्रमाणका आधारमा, म यति भन्न सक्छु ,आर्थिक लेनदेन भएको कुरालाई इन्कार गर्न सकिन्न।’

ढकालले ९ लाख रूपैयाँ उपसभामुख सचिवालयले लिएको र त्यसलाई फिर्ता गरेपछि पीडितले बयान दिन र थप सम्पर्कमा आउन इन्कार गरेको दाबी गरे। उनले ९ लाख फिर्ता भएको बैंक स्टेटमेन्ट अझै पनि पीडितसँग सुरक्षित रहेको दावी गरेका छन् ।

 

सामाजिक सञ्जालमा लामो स्टाटस लेख्दै ढकालले उपसभामुखको सचिवालयले आर्थिक लेनलेनको विषय भएकाले यो विषयमा अनुसन्धानहुनुपर्ने उल्लेख गरेका छन् ।

ढकालका अनुसार गत वैशाख ४ गते पार्टीका संगठन विभाग प्रमुख शंकर श्रेष्ठले उनलाई सो पत्र फरवार्ड गरेका थिए । पत्र पाएपछि आफूले पार्टीका जिम्मेवार नेताहरूलाई जानकारी गराएको र उपसभामुखसित सोधपुछसमेत गरेको ढकालले बताएका छन् ।
रानाले यस विषयमा आफूलाई थाहा नभएको जवाफ दिएको ढकालको दावी छ ।

गृह मन्त्रालय अन्तरगतको अध्यागमन विभाग मार्फत बुझ्दा पत्रमा नाम उल्लेख भएका व्यक्तिहरू विदेश नउडेको पाइको उनी बताउँछन् ।

–0–

Share:

सम्बन्धित समाचारहरु