आजदेखि बेनी–जोमसोम सडक खण्ड दैनिक पाँच घण्टा बन्द हुने

फागुन २३ म्याग्दी । आजदेखि बेनी–जोमसोम सडक खण्ड दैनिक पाँच घण्टा बन्द हुने भएको छ ।

                                          फाइल तस्बिर

करिडोरको बेनी–जोमसोम खण्ड रहेको घाँसा, काभ्रेभिरलगायतका ठाउँमा सडक फराकिलो गर्न लागिएका कारण आजदेखि यो सडक खण्ड दैनिक पाँच घण्टा बन्द गर्न लागिएको हो ।कालीगण्डकी करिडोरको यस सडक खण्ड मुस्ताङ जिल्लालाई सडक मार्गबाट जोड्ने एक मात्र सडक हो । आजदेखि आउँदो चैत १५ गतेसम्म सडक दैनिक बिहान ९ बजेदेखि ११ बजेसम्म र दिउँसो २ बजेदेखि ५ बजेसम्म सबै प्रकारका गाडी आवागमन बन्द हुने मुस्ताङका सहायक प्रमुख जिल्ला अधिकारी रामचन्द्र ढकालले जानकारी दिनुभयो ।

आवश्यक सहयोगको लागि जिल्ला प्रहरी कार्यालय मुस्ताङ, प्रहरीचौकी घाँसा र तत्कालको सहयोगको लागि इलाका प्रहरी कार्यालय दाना म्याग्दीमा समन्वय गर्न सकिने उहाँले बताउनु भयो ।

Share:

Facebook
Twitter
Email
WhatsApp
Pinterest

सम्बन्धित समाचारहरु