एसीसी प्रिमियर कप : आज नेपाल र साउदी अरब भिड्दै

काठमाडौं, ५ बैशाख ।

एसीसी प्रिमियर लिगमा नेपाल आज समूह चरणको अन्तिम खेल खेल्दै छ । नेपालले आज साउदी अरेबियासँग खेल्नेछ । खेल ११ स् ४५ बजे सुरु हुनेछ ।

समूह चरणको अन्तिम खेलअगावै नेपाल सेमिफाइनलमा प्रवेश गरिसकेको छ । सोमबार समूह चरणको आफ्नो तेस्रो खेलमा हङकङविरुद्ध आठ विकेटको सहज जित निकालेसँगै नेपालले अन्तिम खेलअगावै अन्तिम–४ को यात्रा निश्चित गरेको हो ।

ओमानको अल अमेरत क्रिकेट मैदानमा हङकङले प्रस्तुत गरेको ११५ रनको लक्ष्य नेपालले १२।२ ओभरमा दुई विकेट गुमाएर पूरा गरेको थियो ।

शनिबार कतारविरुद्ध ३२ रनको जित निकालेको नेपालले त्यसअघिको खेलमा मलेसियालाई पाँच विकेटले हराएको थियो ।
लगातार तेस्रो जित निकालेको नेपाल ६ अंकसहित तालिकाको शीर्ष स्थानमा छ ।

नेपाल समूह ‘ए’ मा रहेको छ । यो समूहमा साउदी अरेबिया, मलेसिया, हङकङ र कतार छन् ।

समूह ‘बी’मा ओमान, युनाइटेड अरब इमिरेट्स ९यूएई०, कुवेत, बहराइन र कम्बोडिया छन् ।

Share:

सम्बन्धित समाचारहरु