जन्मदिनको उपलक्ष्यमा विद्यार्थीहरुलाई शैक्षिक सामाग्री हस्तान्तरण

रत्ननगर, असार १६

हिजो आज जन्मदिन, बैबाहिक बर्षगाढ लगायतको दिनलाई धुमधाम गरेरे धेरै खर्च गरेर मनाउने चलन हाबी हुदै गैरहेको छ ।
यस्तो समयमा रत्ननगर नगरपालिका वडा नं. ७ निवासी, गोधुली बचत तथा ऋण सहकारी संस्था लि. का प्रबन्धक शरदकुमार महत्तोले आफ्नो छोरोको जन्मदिनको अवसरमा विद्यार्थीहरुलाई शैक्षिक सामाग्री हस्तान्तरण गरेका छन् ।

महत्तोले आफ्नो छोरा संस्कार महत्तोको जन्मदिनको उपलक्ष्यमा श्री मालपुर माध्यमिक विद्यालयका गरिब तथा जेहेनदार २० जना विद्यार्थीहरुलाई कपि, कलम लगायतका शैक्षिक सामाग्री सहयोग गरेको हुन् । महत्तोले आफ्नो जन्मदिनको अवसरमा मालपुल विद्यालयको स्तर उन्नतीको लागि अक्षयकोषको समेत स्थापना गर्ने बतायका छन् ।

उनले आज करिब २० हजार रुपैया बराबरको सहयोग गरेको मालपुर माध्यमिक विद्यालयका प्राध्यानाध्यापक दामोदर पौडेल जानकारी दिनु भएको छ । शरदकुमार महत्तोले जन्मदिन, बैबाहिक बर्षगाढ लगायतको दिनमा यसअघि पनि विभिन्न संघ संस्थाहरुलाई सहयोग गर्दै आईरहनु रहेका छन् । उनी मालपु माध्यमिक विद्यालयका भुतपूर्व विद्यार्थी समेत हुन् ।

Share:

Facebook
Twitter
Email
WhatsApp
Pinterest

सम्बन्धित समाचारहरु