एमालेले सुहाङलाई समर्थन जनाउन रास्वपालाई आग्रह गर्ने

काठमाडौं, १२ चैत। सत्तारुढ नेकपा एमालेले इलाम–२ मा हुने उपनिर्वाचनमा उठाइएको उम्मेदवार सुहाङ नेम्वाङलाई समर्थन गर्न राष्ट्रिय स्वतन्त्र पार्टीलाई आग्रह गर्ने भएको छ ।

पार्टी कार्यालयमा बसेको सचिवालय बैठकको निर्णय सार्वजनिक गर्दै उपमहासचिव प्रदीप ज्ञवालीले नेम्वाङ योग्य उम्मेदवार भएकाले रास्वपासँग सहयोग गर्न आह्वान गरिने जानकारी दिए । उनले भने, ‘उहाँ डिजर्भिङ उम्मेदवार भएकाले जिताउन रास्वपासँग आग्रह गर्छौं । नत्र मित्रवत प्रतिस्पर्धामा जान्छौं ।’ रास्वपाले भने आफ्नै उम्मेदवार उठाउने बताउँदै आएको छ । उपनिर्वाचन आगामी वैशाख १५ गते हुने तय भएको छ । –0–

Share:

सम्बन्धित समाचारहरु