चैत २८ नेपालगञ्ज । नेपालगञ्जमा गए राति कारले ठक्कर दिँदा तीन जनाको मृत्यु भएको छ।
प्रदेश ३०१ २३ च ८४८१ नम्बरको कारले नेपालगञ्जको वीपीचोक नजिक ठक्कर दिंदा हिँडिरहेका ६५ वर्षीया समिना इद्रिसी, ५ वर्षका कसिम इद्रिसी र ५ वर्षका अलि इद्रिसीको मृत्यु भएको बाँके प्रहरीले जानकारी दिएको छ ।
घटना गएराती ११ बजेर ४५ मिनेट जाँदा भएको हो। पैदल यात्रीलाई ठक्कर दिएपछि चालकले कारमा राखेर उपचारका लागि नजिकैको नर्सिङहोम पुर्याएका थिए । कार चालक प्रहरी नियन्त्रणमा छन्।
ठक्करबाट घाइते तीनै जनाको उपचारका क्रममा मृत्यु भएको प्रहरीले बताएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।