आजदेखि नारायणी नदी किनारमा आदिवासी जनजाति सांस्कृति महोत्सव सुरु हुँदै

चितवन, ९ चैत । आदिवासी जनजाति समुदायको कला, संस्कृति प्रर्वद्धनगर्ने उद्देश्यले चितवनको नारायणी नदी किनारमा आजदेखि सांस्कृतिक महोत्सव सुरु हुँदैछ । नेपाल आदिवासी जनजाति महासंघ, जिल्ला समन्वय परिषद चितवनले आयोजना गर्न लागेको प्रथम आदिवासी जनजाति सांस्कृतिक तथा व्यापारिक महोत्सव २०८० ले यहाँका आदिवासी जनजातिहरुको कला, संस्कृति संरक्षण र प्रर्वद्धनमा टेवा पुग्ने विश्वास छ ।

 

महोत्सवलाई प्रभावकारी बनाउन महोत्सव परिसरमै आदिवासी जनजाति समुदाको गाउँनै तयार भएको छ । नदी किनारमै बनाइएको गाउँमा चितवनका ११ वटा आदिवासी जनजाति समुदायको जातीय पहिचान देखिन्छ । तमू प्ये ल्हु संघ चितवनका अध्यक्ष विक्रम तमूका अनुसार गुरुङ, दुरा, थारु, चेपाङ, भुजेल, कुमाल, राई, दराई, मगर बोटे र तामाङ समुदायले घर बनाएका छन् । सबै घर खर र बाँसको प्रयोग बाट कलात्मशैलीमा बनेका छन् ।

 

महोत्सव सुरुहुनु अघि बजार क्षेत्रवाट शोभा यात्रा निकाल्ने तयारी छ । सबै जातजातिका भेषभुषा सहित जातिय पहिचान झल्किनेगरी शोभा यात्रा निकाल्ने तयारी गरिएको छ । महोत्सव परिसरमा व्यवसायिक स्टल, होटल, रेस्टुरा, बालउद्यान समेत छन् । दैनिक विभिन्न जातिय सांस्कृतिक कार्यक्रमसँगै राष्ट्रिय तथा स्थानीय कलाकारहरुले प्रस्तुती समेत दिने आयोजकले जनाएको छ ।

महोत्सव चैत १८ गते सम्म चल्नेछ ।

–00–

Share:

सम्बन्धित समाचारहरु