कालिकाको वडा नं. ८ मा आयोजना गरिएको २१ दिने आधारभूत पाककला(कुक) तालिम सकियो

कालिका, ५ चैत । कालिका नगरपालिकाको वडा नं. ८ मा आयोजना गरिएको २१ दिने आधारभूत पाककला (कुक) तालिम आजदेखि सकिएको छ । तालिमको समापन कालिका नगरपालिकाकी उप प्रमुख विमला तामाङले गर्नुभयो । तालिम समापन कार्यक्रममा बोल्दै नगर उपप्रमुख तामाङले तालिममा सिकेको सीपलाई व्यवसायिक रुपमा अगाडी बढाउन सहभागीहरुलाई सुझाव दिनुभयो ।

 

सहभाीहरुलाई समुहगत रुपमा मिलेर व्यापार व्यवसाय सुरु गर्न उहाँले आग्रहगर्नुभयो । फाष्टफुडको सम्भावना राम्रो भएकाले सिकेको सीपलाई समुहगत रुपमा लगानी गरेर अगाडी बढे थप नगरपालिकाले अन्य आवश्यक सहयोगगर्न तयार रहेको उहाँको भनाई छ । कार्यक्रमको प्रमुख अतिथि समेत रहनुभएको नगर उपप्रमुख तामाङले सीप विकासलाई नगरपालिकाले पहिलो प्राथमिकतामा राखेर कामगरिरहेको जानकारी दिनुभयो ।

कार्यक्रममा नगरपालिकाका उद्यम शाखा प्रमुख प्रकाश पौडेलले दक्ष जनशक्ति उत्पादनगर्न कालिका नगरपालिका सक्रिय भएर लागेको बताउनुभयो । नागरिकको जीवन सक्षम नभए सम्म सम्बृद्धी नआउने विषयमा नगरपालिका जानकार भएकाले नगरक्षेत्रभित्रका नागरिकहरुलाई उद्यमशील बनाउनेतर्फ जोड दिएका छौं उहाँले भन्नुभयो ।

दक्ष जनशक्ति उत्पादनगर्न सकेमा स्थानीय स्तरमै नागरिकले मनग्ये आर्थिक लाभ लिन सक्नेभएकाले नगरपालिकाले अहिले दक्षजनशक्ति उत्पादनमा कालिका नगरपालिका अग्रसर भएर जुटेको उहाँले बताउनुभयो । सीप सिकेपछि नगरक्षेत्रमै लगानी गरेर व्यापार व्यवसाय गरेपनि सम्भावना राम्रो रहेको उहाँले थप्नुभयो । यहाँबाट बाहिर गएपनि सीप भएमा सजिलै पेट पाल्न सक्ने गरी विभिन्न खालका सीपमूलक तालिम दिने काम भइरहेको उहाँले जानकारी दिनुभयो । यसरी तालिम लिएकाहरुलाई कालिका नगरपालिकाले आफ्नो सहयात्रीको रुपमा लिने गरेको समेत उहाँले स्पष्टपार्नुभयो । सम्बृद्ध कालिका र सुखी कालिकाबासी बनाउने नगरपालिकाको योजनालाई नगरपालिका र नागरिकको सहयात्राले मात्रै सम्भवहुने उहाँले बताउनुभयो ।

 

वडा नं. ८ का वडा सदस्य रामचन्द्र अधिकारीले स्वागत मन्तव्य राख्नुभएको तालिम समापन कार्यक्रममा तालिममा सहभागी मध्ये रेश्मा मगर, निम दोर्जेले तालिममा सिकेको आफ्नो अनुभव सुनाएका थिए । फागुन १५ गतेदेखि चैत ५ गते सम्म आयोजना गरिएको तालिमलाई अस्मि इभेन्ट्स म्यानेजमेन्टले सहजिकरण गरेको थियो । फाष्टफुड अन्तर्गत चाइनिज, इन्डियन, कन्टिनेन्टल, नेपाली खाना लगायत विभिन्न खानाको परिकार कसरी बनाउने विषयमा तालिम दिइएको थियो । तालिममा वडा नं. ८ का ३० जना युवाहरु सहभागि भएका थिए । तालिम वडा नं. ८ का वडा अध्यक्ष चित्रवहादुर मगरको अध्यक्षतामा आयोजना गरिएको हो ।

—00—

Share:

सम्बन्धित समाचारहरु