भरतपुरमा सौन्दर्यकर्मीहरुको शुभकामना आदन प्रदान कार्यक्रम

भरतपुर, भाद्र ९

नेपाली महिलाहरुको महानपर्व हरि तालिका तिजको अवसरमा आज भरतपुरमा शुभकामना आदन प्रदान कार्यक्रम सम्पन्न भएको छ । सौन्दर्यकर्मि संगठन नेपाल भरतपुर महानगर कमिटिको आयोजनामा शुभकामना आदन प्रदानकार्यक्रम भएको हो ।

कार्यक्रममा शुभकामना दिदै बक्ताहरुले महिलाहरुलाई आत्मनिर्भ हुन सौन्दर्यकर्मि पेशा निकै महत्वपूर्ण पेशा भएको बताएका थिए ।
कार्यक्रममा एकिकृत ट्रेड युनियन महासंघ बागमती प्रदेशका अध्यक्ष गोविन्द प्रसाद अर्याल प्रमुख अतिथि रहनु भएको थियो भने सौन्दर्यकर्मि संगठन नेपालका उपमहासचिव वालकुमारी रानाभाट विशिष्ट अतिथि रहनु भएको थियो ।

त्यस्तै कार्यक्रममा सौन्दर्यकर्मि संगठन नेपालका केन्द्रिय सचिब अनिता आचार्य, जिल्ला अध्यक्ष सीता गुरुङ लगायत अतिथि रहनु भएको थियो । कार्यक्रम सौन्दर्यकर्मि संगठन नेपाल भरतपुर महानगर कमिटिका अध्यक्ष लक्ष्मी आमागाइको सभाध्यक्षमा सम्पन्न भएको थियो भने कार्यक्रम शुष्मा तामाङले संचालन गर्नु भएको थियो ।

कार्यक्रमका बिच सौन्दर्यकर्मि पेशामा आबदद्य भएकाहरुलाई नयॉ सदस्यता प्रमाणपत्र वितरण पनि गरिएको थियो ।

Share:

Facebook
Twitter
Email
WhatsApp
Pinterest

सम्बन्धित समाचारहरु