पाकिस्तानविरुद्ध नेपालका आकाशले लिए एकै ओभरमा दुई विकेट

काठमाडौं, १० माघ । दक्षिण अफ्रिकामा जारी यू-१९ विश्वकप क्रिकेटमा पाकिस्तानविरुद्ध नेपाललाई दोस्रो सफलता मिलेको छ । नेपालका लागि आकाश चन्दले एकै ओभरमा दुई विकेट लिएका हुन् ।

 

२२ औं ओभरको दोस्रो बलमा शम्याल हसनलाई आउट गरेका आकाशले चौथो बलमा शाहजैब खानलाई आउट गरेका हुन् । आकाशले शम्याल हसनलाई उत्तम थापामगरको हातबाट क्याच आउट गराएका हुन् । हसन ३७ रन बनाएर आउट भए । खानलाई ३७ रनमै आकाश त्रिपाठीको हातबाट क्याच आउट गराएका हुन् ।

पाकिस्तानले २३ ओभरमा २ विकेट गुमाएर ८३ रन बनाएर खेलिरहेको छ ।

यसअघि दक्षिण अफ्रिकाको बफेलो पार्क क्रीकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको नेपाल निर्धारित ५० ओभरमा सबै विकेट गुमाउदै १९७ रन बनाएको थियो ।–00–

Share:

सम्बन्धित समाचारहरु