आन्दोलनपछि बालाजुका डीएसपी विष्टलाई जिम्मेवारीबाट हटाइयाे

काठमडौं २, फागुन । प्रहरी वृत्त बालाजुका डीएसपी रविन विष्टलाई जिम्मेवारीबाट हटाइएको छ । डिएसपी विष्टलाई तत्कालका लागि उपत्यका प्रहरी कार्यालयमा फिर्ता बोलाएको हो । प्रहरी वृत्त बालाजुमा डीएसपी मनोजित कुँवरलाई पठाइएको छ । सोमबार माछापोखरी क्षेत्रमा यातायात मजदुरहरूले प्रहरी वृत्त बालाजुको स्वामित्वमा रहेको दुईवटा गाडी जलाएका थिए ।

 

प्रदर्शनमा भएको झडपमा डीएसपी विष्ट चढ्ने बा।२ झ १४४ नम्बरको स्कोर्पियो ९पिकअप०यातायात मजदुरले जलाएका थिए । प्रहरी वृत्त बालाजुको बा।१ झ ७२२४ नम्बरको माज्दा गाडी पनि आन्दोलनकारीले जलाएका छन् ।–00–

Share:

सम्बन्धित समाचारहरु