आज क्रिसमस डे, इसाई धर्मावलम्बीहरुले चितवन सहित देशभर विभिन्न कार्यक्रमगर्दै मनाउँदै

चितवन, ९ पौष । क्रिश्चियन धर्मावलम्बीहरूले सोमबार विश्वभर क्रिसमस दिवस मनाइरहेका छन्। अङ्ग्रेजी पात्रोअनुसार हरेक वर्ष २५ डिसेम्बरमा येशु ख्रिष्टको जन्मदिनको खुशियाली मनाउने परम्परा छ।

दुई हजार वर्षअघि जेरुसेलमको बेथलेहममा कन्या मारियमको कोखबाट येशुको जन्म भएको मानिन्छ। येशुलाई जिसस क्राइस्टले चिनिन्छ। उनले मानव समुदायका लागि पुर्‍याएको योगदानको सम्झनामा ईस्वी सम्वत् चलाइएको विश्वास छ। क्रिसमसका अवसरमा सरकारले सार्वजनिक बिदा दिएको छ। ‘ख्रीष्टमस’ पनि भनिने यस अवसरमा आज देशभरका चर्चहरूमा प्रार्थनालगायत कार्यक्रम गरी येशु ख्रीष्टको सम्झना गरिँदैछ।

क्रिसमसमा येशुको शिक्षा एवम् उपदेशको मनन गर्नुकासाथै प्रेम प्रकट गर्दै, शुभकामना तथा उपहार आदानप्रदान गरिन्छ। क्रिसमसका दिन चितवन सहित, काठमाडौँ, ललितपुर, भक्तपुर, पोखरालगायत सहरमा विशेष कार्यक्रम हुन्छ। बजार र ठूला सपिङ सेन्टरमा क्रिसमस ट्री सजाइएको छ।

काठमाडौं र भक्तपुरसहितका स्थानमा बालबालिकाहरू सान्ता क्लाजाको पोसाकमा देखिएका छन्। चितवनका चर्चहरुमा विभिन्न कार्यक्रम सहित क्रिसमस मनाइरहेका छन् ।–00–

Share:

सम्बन्धित समाचारहरु