कालिका, १२ जेठ । कालिका नगरपालिकाको पहाडी क्षेत्रको बाटोलाई व्यवस्थ्ति बनाउने कामले प्राथमिकता पाउन थालेको छ ।
नगरको वडा नं. १० र ११ चेपाङ समुदायको बाहुल्यता भएको पहाडी क्षेत्र हो । यो वडाका अधिकाङस बाटोहरु असजिला र अफ्ठ्यारा छन् । नगरपालिकाले मुख्य मुख्यबाटोहरुलाई व्यस्थित बनाउनेगरी काम अगाडी बढाएको छ । अघिल्लो जनप्रतिनिधिहरुले बनाएको फराकिलो बाटोहरुलाई व्यवस्थ्ति बनाउने विनोद रेग्मी नेतृत्वको जनप्रतिनिधिहरुले निर्णय गरेका छन् ।
बाटोसँगै नाला सफाई, कलर्भट निर्माण लगायतका कामहरु धमाधम अघि बढेका छन् ।
वडा नं. १० स्थित शक्तिखोर–सिद्धी सडक खण्डमा नाला सफाई सहित अस्पाल कंक्रिट कालोपत्रेगर्ने काम भइरहेको छ । १२ सय ४० मिटरको सडक खण्डमा ५ . ५ मिटरको अस्पाल कंक्रिट कालोपत्रे हुनलागेको नगरपालिकाका ईन्जिीनियर किशोर खतिवडाले जानकारी दिए । उनका अनुसार यो सडक खण्डमा कही कल्भर्ट समेत निर्माण हुँदैछ । यस्तै नाला बनेका ठाउँमा सफाईगर्ने, नाला नभएका ठाउँमा पक्कीनाला बनाउने काम भइरहेको छ ।
यो सडक खण्डका केही ठाउँमा ढलान समेत गरिएको छ । वर्षातको बेला पहाडबाट पानी बग्ने ठाउँमा कालोपत्रे बगाउन सक्ने सम्भावनालाई ध्यानमा राखेर ठाउँठाउँमा आवश्यकता अनुसार ढलान गरिनेछ । नगरपालिकाका मेयर रेग्मीका अनुसार कयरखोलाको पुलदेखि केही मिटर ढलान गरिएको छ । त्यसपछि कालोपत्रेगर्ने काम भइरहेको छ । वडा नं.११ पुग्ने पुग्नेबेला फेरि सडकमा ढलानको कामहुनेछ ।
प्रदेश सरकार र कालिका नगरपालिकाकोगरी दुई करोड बजेट यो सडकका लागि विनियोजन गरिएको थियो । भरतपुर स्थ्ति निर्माण कम्पनी डि.एण्ड वी. कम्पनीले भ्याट र पिएस समेत गरी १ करोड ५८ लाखमा नगरपालिकासंग सम्झौता गरेर काम अगाडी बढेको कालिका नगरपालिकाका मेयर रेग्मीले जानकारी दिए ।
व्यवस्थ्ति सडकले फाइदाः-
पहाडी क्षेत्रका फलफुल तथा तरकारी उत्पादनसँगै मासुजन्य बस्तुलाई बजार सम्म लैजान सहजै यहाँका बाटोहरु व्यवस्थित बनाउन लागिएको हो ।
व्यस्थित बाटोसँगै यहाँका स्थानीयहरुलाई आर्यआर्जनको क्षेत्रमा अगाडी बढाउन नगरपालिकाले विशेष योजना ल्याउने तयारी गरेको छ । यहाँका स्थानीयलाई व्यवसायिक तरकारीखेती, पशुपालन लगायतका क्षेत्रमा परिचालनगर्नेगरी योजना तयार भइरहेको नगरपालिकाका मेयर रेग्मीले बताए ।
चिउरीखेती, मौरीपालनलाई विशेष जोड दिएर यो ठाउँलाई उत्पादनमुखी बनाउनेगरी योजनाहरु तयार भएका छन् । चेपाङ समुदायको आर्य आर्जनलाई बलियो बनाएर सम्बृद्धनगर बनाउन व्यवस्थित सडक आवश्यक रहेको मेयर रेग्मीको भनाई छ । बाटो निर्माणसँगै यहाँको तरकारी बजार क्षेत्रमा लगेर विक्रीवितरणगर्ने वातावरण बनाएर यहाँका स्थानीयलाई आत्मनिर्भर मेरै नेतृत्वका जनप्रतिनिधिहरुलेगर्ने छन उनले भने ।



–00–


