भरतपुर महानगर र चीनको सिगात्से सहर बीच भगिनी सम्बन्ध स्थापना

भरतपुर, २३ कात्तिक । भरतपुर महानगरपालिका र जनवादी गणतन्त्र चीनको तिब्बत स्वायत्त क्षेत्रमा अवस्थित सिगात्से सहर बीच भगिनी सम्बन्ध स्थापना भएको छ । बिहिवार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा आयोजित एक समारोहमा दुइ सहरका प्रमुखले हस्ताक्षर गरेसंगै भगिनी सम्बन्ध स्थापना भएको हो । सम्झौता पत्रमा भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाल र सिगात्से सहरका मेयर लिउ हुवाझोङले हस्ताक्षर गरेका छन ।

समारोहमा मन्त्रालयका सचिब बिनोद प्रकाश सिंह, भरतपुरका उप–प्रमुख चित्रसेन अधिकारी लगायतको उपस्थिति थियो । जनवादी गणतन्त्र चीनका राष्ट्रपति सी जिनपिङले अक्टोवर २०१९ मा गरेको नेपाल भ्रमणका क्रममा दुइ देसबीच कूटनीतिक सम्बन्ध स्थापना गर्ने संयुक्त बिज्ञप्तिको मर्म अनुसार भरतपुर र सिगात्सेबीच भगिनी सम्बन्ध स्थापना भएको सामान्य प्रशासन मन्त्रालयले जनाएको छ ।
भगिनी सम्बन्ध स्थापना भएपछि दुइ सहर भरतपुर र सिगात्से द्विपक्षीय मित्रतालाइ थप विकास र सुदृढ पार्न लागिपर्नेछन । जस अनुसार द्विपक्षीय मैत्रीपूर्ण सहयोगलाई सुदृढ पार्नका लागि आपसी सहयोग आदान प्रदान गर्न एकमत रहनेछन । भगिनी सम्बन्ध स्थापना सम्बन्धी संझौतामा हस्ताक्षर गर्दै भरतपुर महानगरकी प्रमुख दाहालले खुसी व्यक्त गरिन । सिगात्सेमा भएका विकासका मोडेल सिकेर भरतपुरमा लागू गर्न अब सहज हुने उनले बताइन ।

भगिनी सम्बन्ध स्थापना पश्चात हुनेछन यि काम
१. पारस्परिक सम्मान, आपसी राजनीतिक विश्वास, समानता र पारस्परिक लाभको सिद्धान्तलाई कायम राख्दै दुबै पक्षले मैत्रीपूर्ण रुपमा सहयोग आदान प्रदान गरिनेछ ।
२. साझा समृद्धि र विकासलाई प्रवद्र्धन गर्न दुवै पक्षले अर्थतन्त्र, संस्कृति, कृषि, पशुपालन र पर्यटनलगायतका क्षेत्रमा विभिन्न सहयोग आदानप्रदान गरिनेछ ।
३. द्विपक्षीय आदानप्रदान, सहयोग र साझा सरोकारका विषयमा परामर्श गर्न दुवै पक्षले सधैं सम्पर्क र सहयोग आदान प्रदान गरिनेछ ।
४. दुई पक्षले हस्ताक्षर गरेपछि यो समझदारी पत्र लागू हुनेछ । यो पाँच वर्षको लागि मान्य हुनेछ । समझदारी पत्रको वैधता अवधि समाप्त भएपछि यदि कुनै पक्षले असहमति नजनाए सम्म यो स्वतः मान्य रहनेछ ।
५. यो समझादारी पत्र ३ प्रति हुनेछ । समझदारी पत्र नेपाली, अंग्रेजी र चिनियाँ संस्करणहरु समान रुपमा आधिकारिक मानिने छन । यो समझदारी पत्रको प्रावधानहरुको व्याख्यामा कुनै भिन्नता भएको अवस्थामा अंग्रेजी संस्करण मान्य हुनेछ ।

यसअघि जापानको कानागावा प्रिफेक्चरको योकोसुका सिटी र भरतपुर महानगर पालिकाबीच भगिनी सम्बन्ध स्थापना भएको थियो । सम्झौता पत्रमा भरतपुर महानगर प्रमुख रेनु दाहाल र योकोसुका सिटीका मेयर कातासुकी कामाजीले हस्ताक्षर गरेका थिए ।–00–

Share:

Facebook
Twitter
Email
WhatsApp
Pinterest

सम्बन्धित समाचारहरु