नेपाल माविका शिक्षकद्धारा सरुवा रोक्न विद्यार्थी प्रयोग

रत्ननगर, १९ भदौंं । पूर्वी चितवनको रत्ननगर नगरपालिकामा रहेको नेपाल माविका शिक्षकहरुले सरुवा रोक्न विद्यार्थीलाई प्रयोग गरेका छन् ।

सरुवा रोक्न गरिएको अनेक किसिमको प्रयास असफल भएपछि विद्यार्थीलाई प्रयोग गरिगको हो । सो विद्यालयका विद्यार्थीहरु शिक्षक थमौतीको माग गर्दै नगरपालिका पुगेर नाराबाजी गरेका छन् । शिक्षक सरुवाको विरोधमा विद्यार्थीहरुले ‘नयाँ सर चाहिँदैन, पुरानो सर लान पाइँदैन’ भन्दै नाराबाजि गरेका हुन् । सो नगरपालिकाले भदौ १३ गते ३६ जना शिक्षकको आन्तरिक सरुवा गरेको थियो ।

नेपाल माविका प्रधानाध्यापक बुद्धिराज सुवेदी सहित १० शिक्षक सरुवामा परेका थिए । सुवेदी अहिले जापानमा छन् । नगरपालिकाले पठाएको सरुवा पत्र विद्यालयले शिक्षकलाई अहिले सम्म दिएको छैन् । जापानमा रहेका प्रधानाध्यापक सुवेदीले आफू नआई सरुवा भएका शिक्षकलाई रमान नदिन निमित्त प्रधानाध्यापक मैयाँ अम्गाईलाई निर्देशन दिएको श्रोतले बताएको छ ।

नगरपालिकाको पत्र प्राप्त भएपछि विद्यालयका शिक्षकहरु हरि खवास, नवीनचन्द्र भट्टराई लगायतका सरुवा भएका शिक्षकहरुले ससाना विद्यार्थी उचालेर स्थानीय सरकारको निर्णय विरुद्ध नाराबाजी गर्न लगाएको मेयर प्रलाद सापकोटाले बताए । हामीले गरेको निर्णय गलत छैन मेयर सापकोटाले भने विधि र विधान बमोजिम शिक्षकको सरुवा गरेका हौ, निर्णय कुनै हालतमा फिर्ता हुँदैन ।

शिक्षक व्यवस्थापन समितिका संयोजक समेत रहेका उपमेयर यादवप्रसाद पाठकले कार्यविधि अनुसार नै शिक्षक सरुवा गरिएको भन्दै निर्णय फिर्ता नहुने बताए । उनीहरुलाई जिल्ला बाहिर पठाएका होइनौ उनले भने नगरभित्रका विद्यालयमा पठाएका हौं, सरुवा भएका विद्यालयमा पढाउन नगए राजीनामा दिने हो । विद्यार्थी नेता दीपक थापाले नगरपालिका निर्णय सही रहेको भन्दै सरुवा थमौतीको लागि अबोध वालवालिका प्रयोग गरिएको बताए ।–00–

Share:

सम्बन्धित समाचारहरु