चितवन उद्योग वाणिज्य संघको अध्यक्षमा चिरञ्जीवि सुवेदी निर्वाचित

मीन प्रसाद खरेल-
चितवन ।  उद्योग वाणिज्य संघ चितवनको अध्यक्ष पदमा चिरञ्जीवि सुवेदी विजयी भएका छन्। मंगलबार सार्वजनिक भएको अन्तिम मतपरिणामअनुसार सुवेदीले आफ्ना निकटतम प्रतिस्पर्धी शिरिष पन्तलाई पराजित गर्दै संघको नेतृत्व हात पारेका हुन्। सुवेदीले १ हजार ४ सय ८४ मत प्राप्त गर्दा पन्तले १ हजार १ सय ८५ मत ल्याए, जसबाट सुवेदी २ सय ९९ मतको फराकिलो अन्तरले अघि रहे।

निर्वाचनबाट वरिष्ठ उपाध्यक्ष पदमा सुवेदी समूहका राजेन्द्र ओली निर्वाचित भएका छन्। उपाध्यक्ष पदमा नारायण प्रधान र राजन पिया विजयी हुँदा अर्को उपाध्यक्षमा भने पन्त समूहका जनक पौडेलले सफलता हात पारेका छन्। २५ सदस्यीय कार्यसमितिका अन्य पदहरूमा समेत अधिकांश स्थान सुवेदी प्यानलका उम्मेदवारहरूले जित हासिल गरेका छन्।

यस निर्वाचनमा कुल ३ हजार ३ सय ७१ मतदाता रहेकामा २ हजार ७ सय १९ जनाले मतदान गरेका थिए। उल्लेखनीय सहभागितासहित सम्पन्न भएको यो निर्वाचनले चितवनको उद्योग, व्यापार र व्यवसायिक नेतृत्वमा नयाँ ऊर्जा थपेको अपेक्षा गरिएको छ। नवनिर्वाचित नेतृत्वले संघलाई अझ सशक्त, पारदर्शी र व्यवसायमैत्री बनाउने विश्वास व्यवसायी समुदायले व्यक्त गरेका छन्।–00–

Share:

सम्बन्धित समाचारहरु