चुनावी कार्यक्रममा होमियो कालिकाको सत्ता गठबन्धन

कालिका । सत्ता गठबन्धनले चितवनको कालिका नगरपालिकामा चुनावी कार्यक्रम सुरू गरेको छ ।

आइतबार बिहान कालिका १ गडुवाबाट चुनावी कार्यक्रम सुरू भएको हो । चुनावी कार्यक्रमअन्तर्गत आइतबार बिहान मोटरसाइकल ‍¥याली निकालिएको थियो । लंकालाइनबाट निकालिएका ¥याली सूर्यपुर, बास्तोलाचोक हुँदै गडुवामा पुगेर कोणसभामा परिणत भएको थियो ।

कोणसभालाई नेपाली कांग्रेस चितवनका निवर्तमान सभापति जीतनारायण श्रेष्ठ, कांग्रेसबाट नगरपालिकाको गठबन्धनका उम्मेदवार शिवराम केसी, नेकपा माओवादी केन्द्रबाट उपमेयर पदकी उम्मेदवार सबिता लामालगायतले सम्बोधन गरेका थिए ।

यस्तै, आइतबार नै कालिका–२ स्थित गठबन्धनको संयुक्त सम्पर्क कार्यालयको उद्घाटन गरिएको छ । नगरप्रमुख पदका उमेदवार केसीले कार्यालयको उद्घाटन गरेका हुन् ।

आइतबार नै कालिका–९ शक्तिखोरमा पनि गठबन्धनको संयुक्त सम्पर्क कार्यालय उद्घाटन गरिएको छ । नगरप्रमुख पदका उम्मेदवार केसी र उपमेयर पदकी उम्मेदवार लामाले संयुक्त रुपमा कार्यालय उद्घाटन गरेका हुन् । कार्यालय उद्घाटनपश्चात शक्तिखोरमा पनि मोटरसाइकल ‍¥याली निकालिएको थियो ।

यस्तै, सत्ता गठबन्धनले कालिकामा आइतबारदेखि घरदैलो कार्यक्रम पनि सुरू गरेको छ । कालिका–९, शक्तिखोरबाट घरदैलो कार्यक्रम सुरू गरेको हो । मेयर पदका उमेदवार केसी र उपमेयर पदकी उमेदवार लामाले जनताको घरघरमा पुगेर मत माग्दैछन् ।

Share:

Facebook
Twitter
Email
WhatsApp
Pinterest

सम्बन्धित समाचारहरु