काठमाडौं,८ जेठ । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई पक्राउगर्न प्रहरी उनको कार्यकक्षमै पुगेको छ । दोहोरो नागरिकता प्रकरणमा अनुसन्धानका लागि पक्राउपर्न प्रहरी कार्यकक्षमै पुगेको हो । यसअघि सिरोहियाका दुईवटा नागरिकता रहेको भन्दै गृह मन्त्रालयले अनुसन्धानका लागि प्रहरीलाई निर्देशन दिएको थियो । सिरोहियालाई पक्राउगर्न धनुषा प्रहरीले पक्राउ पुर्जी जारी गरेको थियो ।
धनुषा प्रहरीको अनुरोधमा उपत्यका अपराध कार्यालयका एसपी रवीन्द्र रेग्मीको कमान्डमा कान्तिपुरको हेडक्वाटर पुगेको प्रहरी टोलीले सिरोहियासँग कुराकानी गरिरहेको छ । त्यसअघि सिरोहियाले आफूलाई गृहमन्त्री रवि लामिछानेविरुद्ध कान्तिपुरमा प्रकाशित समाचारको रिसिइबी साँध्न पक्राउ गरिएको जनाएका थिए । सिरोहियाले जारी गरेको एक विज्ञप्तिमा गृहमन्त्रीले रिसिइबी साँधेको उल्लेख छ ।
अहिले कान्तीपुरको कार्यालयमा पत्रकार र प्रहरीहरुको बाक्लो भिड छ । –00–


