१७ घण्टापछि नारायणगढ – मुग्लिङ सडक खण्ड सञ्चालनमा आयो

चितवन, ५ भदौंं । नारायणगढ–मुग्लिन सडकखण्ड १७ घण्टापछि सञ्चालनमा आएको छ । सोमबार राति करिब ८ः०० बजेतिर नाम्सी पुल नजिकै खसेको पहिरो पन्छाएर मंगलबार दिउसो १ बजेदेखि यातायात सञ्चालनमा ल्याइएको हो । पहिरो हटाएसंगै रोकिएका सवारीसाधनहरु गन्तव्यतर्फ लागेका छन् ।

पहिरो पन्छाउन चार मेसिन लगातार प्रयोग भएको सडक डिभिजन कार्यालयका सूचना अधिकारी इन्जिनियर चण्डेश्वर साहले जानकारी दिनुभयो । नारायणगढ–मुग्लिन सडकखण्ड पहिराका कारण पटक–पटक अवरुद्ध हुँदै आएको छ ।

यस अघि डिभिजन सडक कार्यालयका प्रमुखले पहिरो हटाउन थोरै समय लाग्ने बताएका थिए । निरन्तर रुपमा चारवटा मेसिनले पहिरो पन्छाउने काम थालेपछि अवरुद्ध सडक सञ्चालनमा आएको हो ।–00–

Share:

सम्बन्धित समाचारहरु