चितवन, १६ असार । चितवन सहित आसपासका जिल्लाहरुमा अविरल वर्षा भइरहेको छ । वर्षाको प्रतिक्षामा रहेका किसानहरुलाई भने रोपाईगर्ने मेसो मिलेको छ । अधिकाङस किसानहरु खेतवारीमा छन् । खेतवारीमा आली लगाउनेदेखि खेतका गराहरु मिलाउन व्यस्त छन् । चर्को घाम र गर्मीले सिथिल बनेको चितवनबासीहरु मध्यरातदेखि परिरहेको वर्षाले सितलता महशुस गरेका छन् ।
बजार क्षेत्रमा हिजो अस्तिको तुलनामा कम चहलपहल भएको देखिन्छ ।
निरन्तर परिरहेको वर्षाले बाढी प्रभावित क्षेत्रका स्थानीयहरु पनि त्रासमा छन् । खोला, नदीहरुमा पानीको वहाब पढेपछि बाढी प्रभावित क्षेत्रका स्थानीयहरु फेरिपनि अनिदो बसेर रात विताउनुपर्ने अवस्था आउँछ कि भन्ने डरमा छन् ।
चितवनका सबै ठाउँमा बर्षा भइरहेको छ ।–00–


