चितवन । चितवन जिल्लाको इच्छाकामना गाउँपालिका–६ स्थित तुइनखोला नजिकै शुक्रबार साँझ पहिरो खस्दा पूर्व–पश्चिम राजमार्ग अवरुद्ध भएको छ। पहिरोका कारण सडकमार्ग भएर यात्रा गर्ने सवारीसाधन र यात्रुहरू रोकिएका छन्।
स्थानीय प्रत्यक्षदर्शीका अनुसार, पहिरोसँगै खसेको ढुंगा एक गुडिरहेको माइक्रोबसमा लाग्दा अगाडिको भागको सिसा फुटेको छ। यद्यपि, दुर्घटनामा कुनै मानवीय क्षति भने भएको छैन।
सडक अबरुद्ध भएपछि दुबै दिशाबाट सवारी साधनहरूको लामो जाम लागेको छ। काठमाडौं आउने–जाने यात्रुहरू सडकमै अलपत्र परेका छन्।
चितवन प्रहरीले पहिरो हटाउने प्रयास भइरहेको जानकारी दिएको छ। सडक खुलाउने कार्यमा डोजर परिचालन गरिएको र चाँडै यातायात सुचारु हुने अपेक्षा गरिएको छ। यात्रुहरूलाई सुरक्षित स्थानमा बस्न अनुरोध गरिएको छ।–00–


