सेयर बजारमा भारी गिरावट, नेप्से २५०३ अंकमा झर्‍यो

काठमाडौं । साताको पहिलो दिन आइतबार सेयर बजारमा ठूलो गिरावट आएको छ। नेप्से परिसूचक ७८.८३ अंकले घट्दै २५०३ अंकमा झरेको हो। कारोबार अवधिमा नेप्से एक चरणमा २४९३ अंकसम्म झरेको थियो, जुन आजको न्यूनतम स्तर हो।

बजारमा गिरावट आए पनि कारोबार रकम भने बढेको छ। अघिल्लो दिन ५ अर्ब २७ करोडको कारोबार भएकोमा आज ६ अर्ब ७० करोड रुपैयाँको कारोबार भएको हो।

९ कम्पनीको मूल्य बढ्दा २४२ कम्पनीको घटेको छ। सबै समूहका सूचकहरू ओरालो लागेका छन्। होटल तथा पर्यटन समूह सबैभन्दा धेरै ४.८४ प्रतिशतले घटेको छ भने अन्य समूह ४.७९ प्रतिशतले घटेको छ।

बुटवल पावर कम्पनीको मूल्य ९.२७ प्रतिशतले घट्दै सबैभन्दा बढी गिरावट आएको हो। नेपाल पुनर्बीमा, राधि विद्युत् र सीईडीबी होल्डिङ्सका मूल्यमा पनि उल्लेख्य गिरावट देखिएको छ।

आज बढी कारोबार भएका कम्पनीमा नेपाल पुनर्बीमा, एनएलजी इन्स्योरेन्स, युनियन हाइड्रोपावर, हिमालयन रिइन्स्योरेन्स र सीईडीबी होल्डिङ्स रहेका छन्।

Share:

सम्बन्धित समाचारहरु