काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) नेपालका प्रधानमन्त्रीमा नियुक्त भएका छन्।
राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा ७६ को उपधारा (१) बमोजिम उनलाई प्रधानमन्त्रीमा नियुक्त गरेका हुन्। संसदको सबैभन्दा ठूलो दलको संसदीय दलका नेताको हैसियतमा शाहलाई प्रधानमन्त्री पदको जिम्मेवारी दिइएको हो।
नवनियुक्त प्रधानमन्त्री शाहले आज मध्यान्ह १२:३४ बजे शीतल निवासमा आयोजित विशेष समारोहमा पद तथा गोपनीयताको शपथ लिने कार्यक्रम रहेको छ।
यससँगै देशको कार्यकारी नेतृत्व अब बालेन्द्र शाहको हातमा जाने भएको छ। –00–


