लुटपाटको आरोपमा दाङमा एक जना प्रक्राउ

फागुन २८ दाङ। प्रहरीले चोरी तथा लुटपाटको आरोपमा दाङमा एक जनालाई प्रक्राउ गरेको छ ।

प्रक्राउ पर्नेमा घोराही उपमहानगरपालिका वडा नम्बर ९ का अन्दाजी २४ वर्षीय गणेश कुमार डाँगी रहेका छन् ।

प्रक्राउ परेका डाँगीले घोराही-१३ का ४८ वर्षीय झुका रोका घोराहीबाट पैसा लिएर घरतर्फ जाँदै गर्दा घर नजिकबाट ४ लाख ६७ हजार ७ सय २० रुपैयाँ लुटपाट गरेको जिल्ला प्रहरी कार्यालय दाङका डीएसपी मुकुन्दप्रसाद रिजालले जानकारी दिनुभएको छ।

उनलाई घोराही उपमहानगरपालिका वडा नम्बर १३ बाट प्रक्राउ गरिएको हो। उनको साथबाट लुटपाट गरेको रकम, उनले प्रयोग गरेको मोटरसाइकल र मोबाइल फोन एक थानसहित नियन्त्रणमा लिइ थप अनुसन्धान भइरहेको डीएसपी रिजालले जानकारी दिनुभएको छ।

Share:

Facebook
Twitter
Email
WhatsApp
Pinterest

सम्बन्धित समाचारहरु