काठमाडौं । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय (कक्षा ११ र १२) ले २०८३ सालमा सञ्चालन हुने कक्षा १२ को वार्षिक परीक्षाका लागि परीक्षा फाराम खुला गरेको छ।
बोर्डका अनुसार नियमित तथा आंशिकतर्फ (रजिस्ट्रेसन नम्बरका सुरुका दुई अंक ७९ – अन्तिमपटक, ८० र ८१ भएका) विद्यार्थीहरूका लागि फाराम खुला गरिएको हो। परीक्षासम्बन्धी वार्षिक कार्यतालिकाअनुसार पुस मसान्तभित्र परीक्षा शुल्क बुझाइसक्नुपर्नेछ। तोकिएको समयभित्र फाराम भर्न छुटेका विद्यार्थीहरूले विलम्ब शुल्कसहित माघ १५ गतेसम्म फाराम भर्न सक्ने बोर्डले जनाएको छ।
यसैगरी, शुल्क बुझाएको प्रमाणसहित विद्यार्थीका फारामहरू माघ २५ गतेभित्र सम्बन्धित विद्यालयमार्फत बोर्डमा बुझाइसक्न बोर्डले निर्देशन दिएको छ।


