चलचित्र नायक भुवन केसीले काठमाडौंको मेयर पदमा उम्मेदवारी दिने

चैत २३ काठमाण्डौ । चलचित्र नायक भुवन केसी काठमाडौं महानगरपालिकाको मेयर पदमा उठ्ने भएका छन्।

०७९ वैशाख ३० मा हुने स्थानीय तह निर्वाचनमा केसीलाई काठमाडौं महानगरको मेयर उठाउने उन्नत लोकतन्त्र पार्टीले निर्णय गरेको हो।स्वागत नेपाल अध्यक्ष रहेको पार्टीले काठमाडौंको मेयरमा भुवनलाई र उपमेयरमा रेश्मा लामालाई उम्मेदवार बनाउने निर्णय गरेको छ।पार्टीको मंगलबार बसेको केन्द्रीय कार्यसमिति बैठकले काठमाडौं महानगरका लागि मेयर र उपमेयरको उम्मेदवार टुंग्याएको थियो।

उन्नत लोकतन्त्र पार्टीको संवाद समितिले गरेको छलफलबाट केसीलाई परराष्ट्र विभागको विभागीय अध्यक्षसमेतको जिम्मेवारी दिइएको अध्यक्ष स्वागत नेपालले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ।   

 

 

Share:

Facebook
Twitter
Email
WhatsApp
Pinterest

सम्बन्धित समाचारहरु