पंचकन्या मावीका विद्यार्थिलाई बाल यौन हिंसा विरुद्ध सचेतना

रत्ननगर,४ भदौ । पूर्वी चितवनको रत्ननगर वडा नम्बर १३ मा रहेको पंचकन्या माध्यमिक विद्यालयमा बाल यौन हिंसा विरुद्ध सचेतना कार्यक्रम र स्टेशनरी वितरण गरिएको छ ।

श्रीकृष्ण प्रणामी बाईजुराज महिला समिति चितवनको दोस्रो स्थापना दिवसको अवसरमा विद्यालयका विद्यार्थीलाई सचेतना र हिमाल बुक्स रत्ननगरको सहयोगमा स्टेशनरी वितरण कार्यक्रम गरिएको हो ।विद्यालयमा अध्ययनरत्त विद्यार्थीलाई बाल यौन हिंसा विरुद्ध सचेतना फैलाउन उद्देश्यले कार्यक्रम आयोजना गरिएको बाइजुराज महिला समिति चितवनकी अध्यक्ष शोभा ओली शर्माले बताइन् । शर्माले समितिले लागूऔषध दुर्व्यसनी न्यूनीकरण र लैङ्गिक तथा बालयौन हिंसाविरूद्ध सामाजिक अभियान लगायतको कार्यक्रम गरिरहेको जानकारी दिइन् ।

कार्यक्रममा वडा नम्बर १३ का वडाध्यक्ष पोटबहादुर घिमिरेले बाइजुराज महिला स्थापना भएको छोटो समयमै गरेका कार्यक्रमले समाजमा सकारात्मक प्रभाव परेको भन्दै समितिको काम प्रशंशनिय रहेको बताए ।

घिमिरेले समितिलाई आवश्यक सहयोग गर्न वडा कार्यालय तयार रहेको समेत जानकारी दिए । श्रीकृष्ण प्रणामी युवा परिषद नेपालका केन्द्रिय अध्यक्ष जगदीशचन्द्र शर्माले प्रशिक्षण दिएको कार्यक्रममा पंचकन्या माध्यमिक विद्यालयकी प्रधानाध्यापक अनिता पौडेल, सहायक प्रधानाध्यापक रमेश भट्ट, दिपेन्द्र राज रेग्मी, विद्यालय व्यवस्थापन समितिका टोमराज भट्टराई लगायतको उपस्थिती रहेको थियो ।

 

–00–

Share:

सम्बन्धित समाचारहरु