हजुरबुबाको निर्घात कुटपिट एक नाबालक नातिको मृत्यु, एक गम्भीर घाइते

बैतडी, २९ असार । बैतडीमा हजुरबुबाको निर्घात कुटपिट एक नाबालक नातिको मृत्यु भएको छ भने एक घाइते भएका छन् ।
पुर्चौडी नगरपालिका९६ मुडेलीधारमा ५० वर्षीय गणेश साउदले कुटाइबाट नाति २ वर्षीय रेशम साउदको मृत्यु भएको हो ।

कुटपिटबाट गम्भीर घाइते रेशमको उपचारको क्रममा डडेल्धुरा अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीली जानकारी दिएको छ । प्रहरीका अनुसार गम्भीर घाइते भएका अर्का ८ वर्षका नाति रिजनलाई थप उपचारका लागि धनगढी लगिएको छ । उनको नवजीवन अस्पतालको आईसीयूमा उपचार भइरहेको छ ।

Share:

सम्बन्धित समाचारहरु