अनेरास्ववियु चितवनले माडीमा रहेको राम मन्दिरको गर्‍यो सरसफाइ

माडी, २४ भदौं

नेकपा एमाले निकट अनेरास्ववियु चितवनले माडीको अयोध्यापुरीमा रहेको राम मन्दिरको सरसफाइ गरेको छ ।

अनेरास्ववियु चितवनका अध्यक्ष हरि आचार्यको नेतृत्वमा गएको टोलीले आज मन्दिर परिसरको सरसफाइ गरेको हो ।

सरसफाइमा सहभागी नेता तथा कार्यकर्ताहरुले मन्दिर क्षेत्र वरिपरीको घाँस काट्नुका साथै वरिपरि फालिएको प्लास्टिकजन्य फोहोर टिपेका थिए । अनेरास्ववियुको सामाजिक उत्तरदायित्वअन्तर्गत मन्दिरको सरफाइ गरिएको अनेरास्ववियु चितवनका अध्यक्ष आचार्यले बताए । उनले आजभोलि अनेरास्ववियु चितवनले विभिन्न रचनात्मक कार्यहरु गरिरहेको पनि जानकारी दिए ।

सरसफाइ अभियानमा जिल्ला कमिटी सहसचिवहरु निश्चल चदरा र प्रदिप पराजुली, जिल्ला कमिटी सदस्य कुशल ढकाल, भरतपुरको सप्तगण्डकी बहुमुखी क्याम्पसका कमिटी अध्यक्ष महेश सापकोटा, वीरेन्द्र क्याम्पसका कमिटी उपाध्यक्ष सन्दिप अधिकारी, माडी नगरपालिकाका अनेरास्ववियुका नगर अध्यक्ष राकेश चौधरीलगायत नेता तथा कार्यकर्ताको सहभागिता रहेको थियो ।

Share:

सम्बन्धित समाचारहरु