हराएको मोबाइल इप्रका टॉडीद्वारा सम्बन्धित व्यक्तिलाई हस्तान्तरण

रत्ननगर, १४ साउन । इलाका प्रहरी कार्यालय रत्ननगर टाँडीले फेला पारेको मोबाइल सम्बन्धित ब्यक्तीलाई हस्तान्तरण गरेको छ ।

प्रहरीले आइतबार १५ थान मोबाइल सम्बन्धित धनीलाई हस्तान्तरण गरेको हो । चोरी तथा हराएको मोबाइल धनिले प्रहरी कार्यालयमा दिएको निवेदनको आधारमा फेला परेको मोबाइल सम्बन्धित धनीलाई हस्तान्तरण गरिएको इप्रका टाँडीका प्रमुख डिएसपी अनिल कुमार खड्‌काले बताए ।

प्रहरीले कबिता आचार्य, विपीन भट्ट, अवि अधिकारी, कृष्ण बहादुर लामा, सरोज ठाकुर, सृष्टी रिमाल, रमेश चौधरी, प्रेम ढकाल, सन्तोष खत्री क्षेत्री, विरेन्द्र महतो, जेनिस अधिकारी, सानु क्षेत्री, सिताराम पोख्रेल, अमृता धमला र रुपा अधिकारीलाई मोबाइल हस्तान्तरण गरेको हो ।

यसअघि चैत्र ९ गते १९ वटा र जेठ २२ गते १० वटा मोबाईल सम्बन्धित धनीलाई बुझाएको प्रहरी निरिक्षक शुकदेव पौडेलले जानकारी दिए ।–00–

Share:

सम्बन्धित समाचारहरु