प्रिमियर कपको उपाधिसहित नेपाल एसिया कपमा छनोट

काठमाडौँ, वैशाख १९

एसीसी प्रिमियर कपको फाइनलमा युनाइटेड अरब इमिरेट्स यूएईलाई सात विकेटले पराजित गरेको छ ।
योसँगै नेपालले यसै वर्ष हुने एसिया कपमा स्थान बनाएको छ ।

मंगलबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सम्पन्न फाइनलमा बलिङतर्फ ललित चम्कँदा ब्याटिङमा गुल्सन र भीमको महत्त्वपूर्ण साझेदारीमा नेपालले प्रिमियर कपको उपाधिसहित पहिलोपटक एसिया कपमा स्थान बनाएको हो ।

प्रिमियर कपको उपाधि जितेसँगै नेपालले यसै वर्ष सेप्टेम्बरमा पाकिस्तानमा हुने तालिका रहेको एसिया कपमा समूह ‘ए’मा स्थान पक्का गरेको छ । ६ टिमको सहभागिता रहने प्रतियोगिताको यो समूहमा भारत र पाकिस्तान पनि छन् ।

मंगलबार यूएईले प्रस्तुत गरेको ११८ रनको लक्ष्य नेपालले ३३।३ ओभरमा तीन विकेट गुमाएर पूरा ग¥यो । त्यसअघि, टस हारेर पहिले ब्याटिङ गरेको यूएईले ३३।१ ओभरमा सबै विकेट गुमाएर ११७ रन बनाएको थियो ।

नेपालको जितमा गुल्सनले अविजित ६७ रन बनाए । उनले ८४ बलमा तीन चौका र ६ छक्का प्रहार गरे । एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा गुल्सनको यो दोस्रो अर्धशतक हो । गुल्सनले ७५ बलमा ५० रन पूरा गरेका थिए ।

Share:

सम्बन्धित समाचारहरु