तनाव व्यवस्थापन गर्नुपर्ने अहिलेको आवश्यकता

चितवन, ६ साउन । रोटरी क्बल अफ नारायणी मिड टाउन तथा महिला उद्यमी संघ नेपाल(डब्लुइएन) चितवनको संयुक्त आयोजनामा एकदिने तनाव व्यवस्थापन र आत्म हेरचाह विषयक गोष्ठीमा भरतपुरमा सम्पन्न भएको छ ।
समाजमा बढ्दै गएको तनाव र यसबाटपर्न सक्ने मानसिक असरलाई कसरी न्यूनिकरण गर्न सकिन्छ भन्ने विषयमा छलफल भएको थियो ।

रोटरी क्लब अफ नारायणी मिड टाउनको अध्यक्ष अर्पणा प्रधानको सभापतित्वमा आयोजना गरिएको गोष्ठीमा जोन ३६ का असिस्टेन्ट गर्भनर दिनुप कुमार बराल प्रमुख अतिथि रहनुभएको थियो । उद्घाटन कार्यक्रममा बोल्दै प्रमुख अतिथि बरालले आर्थिक तथा सामाजिक परिवेश जटिलतातिर उन्मुख भइरहेकाले यसबाट मानिसिक तनाव सृजनाहुन सक्ने बताएका थिए । मानसिक तनावले जीवननै अस्तव्यस्त हुन सक्ने भएकाले यसलाई व्यवस्थापन गर्नतर्फ ध्यानदिनुपर्नेमा जोड दिए । यस्ताखालका गोष्ठीले सहानुभूती दिने उनको भनाई छ ।

कार्यक्रममा रोटकरी क्लब अफ नारायणी मिड टाउनका सदस्यहरुस्, महिला उद्यमी संघ, नेपाल चितवनका सदस्यहरु र अन्य आमन्त्रित पाहुना गरी ३५ जनाको सहभागी थियो । कार्यक्रम निशा ढकालले संचालन गरेकी थिइन । भरतपुर स्थित होटल रोयर सेन्चुरीमा आयोजना गरिएको कार्यक्रममा मास्टर अफ सेरोमोनी रोटरी क्लब अफ नारायणी मिड टाउनका सचिव रोटेरियन कृष्ण दाहाल रहेका थिए ।

 

 

Share:

सम्बन्धित समाचारहरु